माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलसँगै एकतासम्म पुग्ने गरेको निर्णयलाई सोही पार्टीका प्रभावशाली नेताहरुले ठाडौ चुनौती दिएका छन् ।

प्रभावशाली नेताहरुमध्ये गोपाल किराती, मातृका यादव, प्रभु साहलगायतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमालेसँग एकता गर्नु पार्टीको लागि ठूलो घात हुनेभन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

मंगलबार बिहान मात्रै यी नेताहरुले प्रचण्डलाई लाजिम्पाटमै पुगेर एमालेसँग एकतामा नजान आग्रह गरेका थिए ।

तर प्रचण्डले एमालेसँग चुनावी तालमेलसँगै एकतामा जाने सहमति गरेपछि यी प्रभावशाली नेताहरुले खुलेर प्रचण्डको विरोध र आलोचना गर्न पुगेका छन् ।

सामाजिक संजालदेखि विभिन्न अनलाइन पत्रिकाहरुमा उनीहरुले प्रचण्डको खुलेर आलोचना गरेका छन् ।

गोपाल किरातीले माओवादी केन्द्रको एमालेसँग गर्ने एकता नभई विलय हुने भन्दै आफ् त्यसमा सहभागी नहुने घोषणा गरेका छन् ।

मातृका यादवले पहिचानविरोधी र परिवर्तनविरोधी एमालेसँग एकतामा आफु सहमत नहुने भन्दै संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरेका छन् ।

माओवादी केन्द्रमा प्रभावशाली नेताहरुसँगै कार्यकर्ताको ठूलो पंक्ति समेत असन्तुष्टी व्यक्त गरिएको छ । उनीहरुले सामाजिक संजालबाट पार्टी नेतृत्वको खुलेर विरोध गरेका छन् ।

यसबाट पुष्टी हुन्छ कि माओवादी केन्द्रको गन्तव्य विसर्जनमा पुगेर पटाक्षेप हुँदैछ भनेर ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार