माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किरातीले पार्टी अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरित हतारमा एमालेसँग एकता गर्ने गरेको कदमका विरुद्ध छुट्टै पार्टी भेलाको आयोजना गरेका छन् ।

किरातीले एक प्रेस विज्ञेप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

मालेमावादलाई श्री प्रचण्ड समुहले धरापमा पारेर एमालेसँग विलय गरेको भन्दै किरातीले केन्द्रीय आयोजक भेला घोषणा गरेको बताएका छन् ।

प्रचण्ड समुहले गरेको एमाले विलयका विरुद्ध देशव्यापी भण्डाफोर गर्ने पनि किरातीले विज्ञेप्तीमा उल्लेख गरेका छन् ।

विज्ञेप्तीको पूरा पाठ

विज्ञप्ति

माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भिर आह्वान

(१) माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

(२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
(३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
(४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्र्रचण्डसँग वार्ता गरिनेछ ।

(५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।
गोपाल किराँती नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार