नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले नेपालमा दुईवटा एमाले आवश्यक नभएकोले एमाले र माओवादी केन्द्र एक ठाउँमा आइपुगेका बताएका छन् ।

ओलीले एमाले र माओवादी केन्द्र दुवै साम्राज्यवादीहरुको दलाल भएकोले यी दुवैलाई विदेशी शक्तिले मिलाएको दाबी गरे ।

अर्घाखाँचीमा बिहीबार आयोजित पार्टीको सांस्कृतिक कार्यक्रममा बोल्दै नेता सुदर्शनले आसन्न हुन गइरहेको प्रादेशिक र केन्द्रीय चुनावमा पार्टीको खारेज अभियानलाई सशक्त बनाएर लैजाने बताए ।

अहिलेको दलाल संसदीय व्यवस्थाले मुलुकलाई झन् कष्टकर बनाउदै लगिरहेकोले अब मुलुकलाई वैज्ञानिक समाजवाद चाहिएको नेता ओलीको भनाई थियाे ।

नेता सुदर्शनले देशमा वैज्ञानिक  समाजवाद प्राप्तिकाे बाटाे एकीकृत जनक्रान्ति भएकाेले साे बाटाेमा सहभागी हुन अाम जनतालार्इ अपिल गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार