नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा १ सयभन्दा बढी युवाहरु प्रवेश गरेका छन् ।

पार्टीको जनबर्गिय संगठन राष्ट्रिय जनस्वंयम सेवक मकवानपुरको आज हेटौँडामा जारी ९ औं जिल्ला सम्मेलनमा युवाहरु प्रवेश गरेका हुन् ।

सम्मेलनको नेकपा मकवानपुरका ईन्चार्ज बिरबहादुर घलान ज्वालाले उद्घाटन गरेका थिए । उद्घाटन अघि आज बिहान हेटौंडाको फरेष्ट्री क्याम्पसदेखि बैंक रोड, बसपार्क, डिआईजी कार्यालय हुदैं दर्शन पार्टी प्यालेससम्म र्याली समेत गरिएको सम्मेलन आयोजक समितीका संयोजक सुरेन्द्र घलानले बताए ।

सम्मेलनले २१ सदस्यीय नयांँ कार्य समिति चयन गर्नेछ ।

सम्मेलनमा वर्तमान राजनितीक परिस्थितीमा युवाहरुको भूमिका , पार्टीको सांगठनिक मजबुती लगायतका विषयमा छलफल समेत भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार