(रास्कोट)कालीकोट । नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वंयसेवकका राता मान्छेहरुले कालिकोट रंगिएको छ ।

‘राष्ट्रघात, जनघात र भष्ट्रचार विरुद्ध युवा आन्दोलन,युवा अधिकार र एकीकृत जनक्रान्तिको पक्षमा तेस्रो जिल्ला सम्मेलन’ भन्ने मुलनाराका साथ शनिवार उद्घाटन भएको युवा जनस्वंयमसेवक कालिकोटको तेस्रो जिल्ला सम्मेलनमार्फत ती राता मान्छेहरू जुर्मुराएका छन् ।
सम्मेलनबाट सितल विष्टको अध्यक्षतामा २३ सदस्य जिल्ला समिति सर्बसम्मत चएन भएको छ । जस्मा उपाध्यक्षमा विष्णु बराल,सचिव महाजित थापा,कोषाध्यक्ष अविरल विक,सदस्यहरु मिनेश ऐडी,भुकम्प बराल लगाएत रहेको बताइएको छ ।
बन्द शत्रमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा जनस्वंयम सेवकका कोषाध्यक्ष मिना चलाउने,नेकपाका कर्णालि व्युरो सदस्य विराट, जिल्ला ईन्चार्ज समर,जिल्ला सेक्रेटरी रणदिप, राष्ट्रिय युवा जनस्वंयम सेवकका कर्णालि व्युरो सदस्य दिनेश विक र विद्यार्थि नेतृ सुनिता बमले बधाई दिएका थिए ।
उद्घाटन भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिना चलाउनेले देशको रक्षा गर्ने जिम्मेवारी राष्ट्रिय युवा जनस्वंयम सेवकको काँधमा आएको बताएकी थिइन् । भेरी व्युराे सदस्य विराटले हरेक पार्टीले युवालाई प्रयोग गर्ने तर सहि काममा लगाउन नसक्ने अवस्था आएकाले वेरोजगार युवाका जिम्मा राज्यले लिनु पर्ने बताएका थिए ।








