नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी पार्टीहरुबीच एकता हुने बताएका छन् ।

उनले नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीबीचको गठबन्धनलाई ‘प्रतिक्रियावादी सत्तामा जानेहरुको गठबन्धन’को संज्ञा दिँदै उनीहरु बाम शक्ति हुनै नसक्ने टिप्पणी गरे । पार्टीको पोखरामा आजदेखि सुरु भएको पहिरो राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै वैद्यले भने, ‘प्रतिक्रियावादी शक्तामा जानेहरु बाम शक्ति हुन सक्दैनन् ।

‘अब क्रान्तिकारी शक्तिलाई बलियो बनाउने दिशामा असली क्रान्तिकारीहरु लाग्छौं ।’

क्रान्तिकारी शक्तिहरुबीच एकता गर्न विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेलको नेकपासँग वार्ता भइरहेको भन्दै छिट्टै निष्कर्षमा पुगिने सो क्रममा वैद्यले खुलासा गरे । ‘क्रान्तिकारी पार्टीहरुबीच एकता हुन्छ । यसका लाथि विप्लव र ऋषि कट्टेलको नेकपासँग कुराकानी भएको छ । छलफललाई छिट्टै नै निश्कर्षमा पुर्याएर एकता गर्छौ ।’

अधिकांश समय सच्चा क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिएका वैद्यले जनवादी क्रान्ति पूरा नभई समाजवादी क्रान्ति हुनै नसक्ने बताए । हालै घोषणा गरिएको बाम गठबन्धनलाई इंगित गर्दै वैद्यले अहिले समाजवादको कुरा गरिनु अवसरवादी मात्रै भएको टिप्पणी गरे ।

क्रान्तिकारीहरुको वैकल्पिक शक्ति बताएरै छाडने भन्दै त्यसको लागि पार्टी क्रियासिल रहेको पनि वैद्यले बताए । ‘प्रतिक्रियावादी राज्यसक्ता, र दक्षिणपन्थी अवसरवादलाई ध्वस्त पार्दै क्रान्तिकारी राज्यसत्ता स्थापना गरेरै छाड्छौं’, उनले भने ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार