नेपाल कम्युनिस्ट पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रतमा लैजाने निर्णयसहित थप केही नयाँ कार्यक्रमहरू तय गरेको छ ।

पोखरामा तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवद्धारा ‘संसदीय चुनाव खारेज गरौं, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौं’ भन्ने दस्तावेजलाई पारित गरेको छ ।

बैठकमा महासचिव विप्लवले एमाले, माके र अरु कयौं कम्युनिस्ट पार्टीमा रहेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा ध्रुवीकृत गर्न क्रान्तिकारी धु्रवीकरणको महत्वबारे विस्तृत चर्चा गरेका थिए ।

साथै केन्द्रीय समिति बैठकले संसदीय सत्ताद्धारा आसन्न घोषणा गरिएको प्रादेशिक र केन्द्रीय चुनावलाई सशक्त खारेज गरेर जानेबारे थप निर्णय गरेको छ ।

बैठकले तीन महिने राजनीतिक र संघर्षका थप कार्यक्रम समेत तय गरेको पार्टीका केन्द्रीय सदस्य संजीवकुमारले बताए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार