नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले निर्माण व्यवसायी अध्यक्ष शरदकुमार गौचनको हत्या गंभीर अपराधिक प्रकृतिको भन्दै राज्य यस मामिलामा गैरजिम्मेबार बनेका बताएका छन् ।

बुधबार एक प्रेस विज्ञेप्ती जारी गर्दै महासचिव विप्लवले यही घटनालाई लिएर
सांग्रिला होटलका क्यासिनो मालिक राजेन्द्र बजगाईले पार्टी प्रवक्ता प्रकाण्डविरुद्ध निराधार आक्षेप लगाएर मानवअधिकार आयोग धाउनु अनैतिक कार्य भएको बताए ।

गौचनको हत्यालाई मुखौटो बनाएर क्यासिनो मालिक बजगाईले पार्टी प्रवक्ताको नाम जोड्न षडयन्त्रात्मक भएको बताएका छन् ।

प्रेस विज्ञेप्तीकाे पूरा पाठ :

२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री शरदकुमार गौचनको काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृतिको घटना रहेकोछ । यो घटनाले राज्यभित्र नागरिहरूको सुरक्षाको अवस्था कति भयावह छ भन्ने सावित गर्दछ ।

उच्चस्तरका व्यवसायीको अवस्था यस्तो छ भने साधारण नागरिकको अवस्था कति अस्तव्यस्त होला सहजै अनुमान गर्न सकिन्छ । राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड गर्ने कार्यमा लिप्त हुनुका कारण जिम्मेबार नागरिकहरूले यो दुःखद घटनाहरू बेहोर्नु परेको हो ।

हाम्रो देशमा संसदीय व्यवस्था असफल छ साथै सुरक्षा र शान्तिकालागि वैज्ञानिक समाजवाद आवश्यक छ भन्ने हाम्रो पार्टीको निस्कर्ष सही सावित हुँदै गएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै गोली काण्डका अपराधीहरूलाई कार्यवाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन आग्रह गछौं साथै यस दुःखद घडिमा शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

एउटा विडम्वना श्री शरदकुमार गौचनको हत्यालाई मुखौंटो बनाएर आजै मात्र नागरिक दैनिकमा साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले हाम्रो पार्टी र पार्टीका प्रवक्ता कमरेड प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको बताउँदै ज्यान सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा आवेदन दिएको समाचारले हामीलाई गम्भीर बनाएको छ ।

केही समय देखि हाम्रो पार्टी विरुद्ध अनेकौं षड्यन्त्र भएको स्थितिमा मजदूर मारा क्यासिनो मालिकले पार्टी प्रवक्ताको नाम जोड्नु गम्भीर षड्यन्त्र रहेको स्पष्ट गर्दै उक्त प्रचारको पनि हामी खारेज गर्न चाहन्छौं ।

२५ असोज, २०७४
विप्लव
महासचिव
नेपाल कम्युनिस्ट पार्टी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार