
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघ काठमाडौं जिल्ला अन्तर्गत होटल मजदुर नेता इश्वर परियारलाई बिनाकारण प्रहरी पक्राउ गरेको भन्दै महासंघले कडा रुपमा भत्र्सना गरेको छ ।
आफ्नो होटलमा काम गरिरहेको बेला बुधबार अपरान्ह ४ बजे कमलपोखरी बृतका प्रहरीले परियारलाई गिरफ्तार गरेको क्रान्तिकारी मजदुर महासंघले बताएको छ ।
बिनाकारण गिरफ्तार आप्ना मजदुर कार्यकर्तालाई तुरुन्त अविलम्ब रिहा गर्न क्रान्तिकारी टेड युनियनका नेता गोकुल दाहालले आग्रह गरेका छन् ।
‘अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघ काठमाडौ जिल्ला अन्तर्गत होटल मजदुर नेता कमरेड ईश्वर परियारलार्इ आफ्नो होटलमा काम गरिरहेको समयमा बिना कारण आज करिब ४:३० बजे कमलपोखरी बृत्तका प्रहरिले पक्राउ गरेको घटनाको घोर भत्सर्ना गर्दै , निसर्त तुरुन्त रिहा गर्न माग गर्दछु ।’ गाेकुलद्धारा जारी विज्ञेप्तीमा उल्लेख छ ।







