यसभन्दा पहिले पार्टी परित्याग गरेकाे घाेषाणा गरेका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता लोकेन्द्र विष्टले यसपटक पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बिष्टले आफ्नो राजिनामा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई बुझाइ सकेको समेत बताएका छन् ।

‘मैले पार्टीको केन्दीय कार्यालय सदस्य, पर्यटन र केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजिनामा दिएको छु । सामान्य जनसाधरण र शुभचिन्तक मात्रै हुँ । म अहिले स्वतन्त्र छु, समर्थक शुभचिन्तक कसको हुने भन्ने कुरा मैले सोच्नु पर्छ । सोच्नु पर्छ किन भने म कसैको लगाभमा छैन । म ‘इन्डिपेन्डेन्ट’ छु ।’ विष्टले राजिनामा पत्रमा लेखेका छन्- ‘हिजो पार्टी सदस्य लिनेबेला पनि स्वतन्त्र थिएँ । पार्टी सदस्य लिएर चालिसवर्ष करिब काम गरेँ । अब पनि म फेरी स्वतन्त्र भएँ । अब कता लाग्ने वा नलाग्ने मेरो सेल्फ डिसिजनको कुरा भयो । न म प्रचण्ड र ओलीको एकता हुने पार्टीमा हुन्छु न प्रचण्डको पार्टीमा छु न त अर्को कोही को । अहिले म स्वतन्त्र छु ।’

विष्टले माअाेवादी केन्द्रमा कहिल्यै नर्फनेगरी पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् ।

‘कुनै ठोस जिम्मेवारी दिए फेरी माओवादीमा फर्कनु हुन्छ ? प्रश्नमा उनले भने,‘ म अब फर्कन्न । अब मेरो काम गर्ने पुग्यो । मैले अझै पाँच सात वर्ष गरिएला भन्ने सोचेको थिएँ । तर, यहाँ त्यस्ते भएन । मेरो मात्रै के कुरा धेरै साथीहरु त्यत्तिकै घाम तापेर बसेका छन् ।’ उनले भनेका छन् ।

साथै उनले माओवादी अध्यक्ष प्रचण्डमाथि विभिन्न २६ बुँदे आरोप समेत लगाएका छन् ।वाम धुर्विकरणमा १० बुँधे र अन्य १६ बुँदे आरोप माओवादी अध्यक्ष प्रचण्डमाथि लगाएका छन् ।

‘लभ गर्ने एउटासित, ,लगनगाँठो अर्कैसित, भन्ने एउटा गर्ने अर्कै, ओँठमा चुम्बन गर्ने पिठ्युमा छुरा रोप्ने, दिनलाई रात रातलाई दिन, लुकिङ लन्डन टर्निङ टोकियो, भातका लागि साथ विर्सने, लाभका लागि भात बिर्सने, हिँड्दै पाइला मेट्दै गर्ने, डर मान्नेको भर मान्ने, भर मान्नेको डर मान्ने, साथी र शहिदको रगत-लाशमाथि आफ्नो निजी र निहित स्वार्थपूर्तिमा चुर्लुम्म डुब्ने, चरम अविश्वसनीय चरित्र र प्रवृति ।’ विष्टले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार