नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका व्युरो इन्चार्ज माइला लामाले आफ्नो नामलाई लिएर अर्का केन्द्रीय सदस्य असल खड्कालाई आरोपित गर्ने किसिमले बनाइएको भ्रामक समाचारको खण्डन गरेका छन् ।

युनाइटेड पोष्ट नामक साप्ताहिकमा प्रकाशित समाचारमा नेता माइला लामाले अर्का केन्द्रीय सदस्य असल खड्कालाई यौन काण्डमा मुछिएको भन्दै महासचिव विप्लवकहाँ उजुरी दिएको समाचार पूर्णत झुठो र निराधार रहेको बताएका छन् ।
‘यस्तो भ्रामक र झुठो समाचार कहाँबाट र कसरी आयो म निकै आश्चार्यचकित भएको छु’ नेता लामाले जनपाटीसँग भने- ‘हाम्रो पार्टीलाई बदनामित गर्ने र फुट ल्याउने दुश्प्रयासका साथ सुनियोजित रुपमा यस्तो कपोल्कल्पित समाचार बनाइएको छ । त्यो समाचारलाई म पूर्णत खारेज गर्दछु ।’
आफ्नो पार्टीमा देखा परेको बलियो एकतालाई कमजोर पार्ने किसिमले अवसरवादीहरुले यस्तो निराधार र भ्रामक समाचार बनाइएको नेता लामो भनाई रहेको छ ।
यसैबीच आफुलाई बदनामित गर्न युनाइटेड नामको पत्रिकाले लेखेको समाचार सम्पूर्ण रुपले झुट भएको भन्दै केन्द्रीय सदस्य असल खड्काले विहीबार एक प्रेस नोट लेखेका छन् ।
प्रेस नोटमा खड्काले आफ्नो चरित्र हत्या गर्न क्रान्तिविरोधीहरुले षडयन्त्रको रुपमा यस्तो समाचार बनाएको बताएका छन् । उनले सो समाचार प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।
‘म सङ्ग जोडिएर युनाइटेड पोस्ट साप्ताहिकमा आएको समाचार सम्पूर्ण रुपले झुट भएको र यो मेरो चरित्र हत्या गर्ने नेतृत्वलाई बदनाम गर्ने क्रान्ती बिरोधी षडयन्त्रको एक हिस्सा भएको तथ्य स्पष्ट गर्न चाहन्छु ।’ असल खड्काले प्रेस नाेटमा लेखेका छन्- ‘साथै सम्बन्धितलाई प्रमाणित गर्न चुनौती दिन चाहन्छु अन्तमा यो षडयन्त्रात्मक कपोकल्पित समाचारबाट भ्रमित नहुन सबैलाइ सादर अनुरोध गर्द्छु ।’







