अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियान’ घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ ।

चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले-माओवादीले ‘अपहेलित’ गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो ।

यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार एमाले-माओवादीका अध्यक्षलाई नै दिएका छन् । अाजकाे अन्नपूर्णले लेखेकाे छ ।

भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् ।

वामगठबन्धन वैचारिक विषयमा भन्दा पनि भागबन्डामा अल्झिएको, पार्टी एकता संयोजन समितिले बनाएको क्षेत्र निर्धारण कार्यदलमा राखिएका आफ्नो पार्टी नेतालाई कार्यदल बैठकमा राख्ने हो र भन्दै अपमानित गरिएको तथा गठबन्धन बनेयता पार्टीसँग कुनै छलफलसमेत नगरिएको भन्दै नयाँ शक्तिले असन्तुष्टि जनाएको थियो ।

नयाँ शक्तिले गठबन्धनसँग प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ प्रतिशत निर्वाचन क्षेत्र माग गरेको थियो । सुवेदीका अनुसार नयाँशक्तिले गोरखा २, रसुवा, काठमाडौं १०, कैलालीको ३ र ४, झापा, मकवानपुर र रुपन्देही, उदयपुरको एक-एक क्षेत्र तथा तेहथुम र खोटाङमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा टिकट माग गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार