
नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलन आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई उपयोग गर्ने निर्णयसहित सम्पन्न भएकाे छ।
कयाैं पार्टी नेता र कार्यकर्ताकाे चुनाव बहिष्कार गरेर जाने मतलार्इ दबाएर केही शीर्ष नेताहरूकाे जाेडबलमा सम्मेलनले चुनावमा जाने निर्णय गरेकाे हाे ।
पोखरामा असोज २२ देखि २६ गतेसम्म चलेको सम्मेलनको बारेमा बिहीबार पत्रकार सम्मेलन गरी पार्टी महासचिव वैद्यले पार्टीले आफ्नै उम्मेदवार चुनावमा नउठाए पनि चुनावलाई उपयोग गर्दै देश भक्त जनतान्त्रिक मोर्चाका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिए।
सम्मेलनले पार्टीको अध्यक्षात्मक प्रणाली खारेज गरी महासचिव प्रणालीमा जाने निणर्य समेत गरेको छ। अबदेखि अध्यक्ष वैद्य पार्टीको महासचिव भएका छन्।
सम्मेलनबाट ७७ जना केन्द्रीय सदस्य र १८ जना वैकल्पिक सदस्य चयन भएका छन्।







