नेकपा निकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी सङ्गठनले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सिहदरबारको आफ्नै कार्यकक्षमा पुगेर एक घन्टा थुनेका छन् ।उनीहरुले  मन्त्रालय परिसरमा नाराबाजी समेत गरेका छन् ।

बिहीबार सम्पन्न आठ विद्यार्थी सङ्गठनको निर्णयअनुसार शिक्षामन्त्रीलाई शुक्रबार १२ बजेदेखि १ बजेसम्म शिक्षा मन्त्रालयमै विद्यार्थीहरुले थुनेका हुन् ।

सीटीईभीटीबाट कलेजलाई सम्बन्धन दिने निर्णय बदनियतपूर्ण तरिकाले गराउने र नेपालको शिक्षा क्षेत्रलाई तहसनहस पारेको भन्दै शिक्षामन्त्री श्रेष्ठलाई संयुक्त विद्यार्थी सङ्गठनहरूले बहिष्कार गर्ने निर्णय गरेको जानकारी अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार