प्रादेशिक र केन्द्रीय निर्वाचन नजिकिदै गर्दा  माओवादी केन्द्रका दुई दर्जन नेता-कार्यकर्ता नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पर्सामा माओवादी केन्द्रका नेता रामबाबु प्रसाद यादवको नेतृत्वमा दर्जनाै नेता कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

चुनावी तालमेल र एकताको नाममा पार्टी नेतृत्व एमालेमा विलय भएको भन्दै उनीहरुले नेकपाले अगाडि बढाएकाे चुनाव खारेजी अभियानमा डटेर लाग्‍ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

माकेबाट नेकपामा  प्रवेश गर्ने नवप्रवेशीहरूलाई नेकपाका पोलिट्ब्युरो सदस्य पदम राई र उमा भुजेलले अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार