नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव रोल्पाको थबाङ पुगेका छन् ।

नेकपाको थबाङ गाउँपालिका स्तरीय विचारधारात्मक प्रशिक्षणका लागि महासचिव विप्लव थबाङ पुगेका हुन् । थबानका सयौं नेता कार्यकर्ताहरु सो प्रशिक्षणमा सहभागी भएका छन् ।

महासचिव विप्लवसहित पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य नन्दबहादुर बुढालगायत जिल्लास्तरीय नेताहरु पनि प्रशिक्षणमा सहभागी भएका छन् ।

जनयुद्धको केन्द्रभागको रुपमा स्थापित थबाङमा महासचिव विप्लव निरन्तर जाने गर्दछन् ।

 

कार्यक्रममा सहभागी थबाङी कार्यकर्ताहरू ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार