नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लले  मंसिर १० र २१ गतेको संघ र प्रदेशको चुनावलाई शसक्त रुपमा खारेज गरी जनसत्ता संचालन गर्न थबाङी कार्यकर्तालार्इ निर्देशन दिएका छन् ।

साेमबार थबाङ पुगेर महासचिव विप्लवले स्थानीय चुनावमा भएको गल्तीलाई अात्मसमीक्षा गर्दै शुन्य मतदान गर्न  स्थानीय नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

महासचिव विप्लवले अाउँदो मंसीर १० र २१ गतेको संघ र संसदीय चुनाव सशक्त रुपले खारेज गरी जनसत्ता संन्चालन गर्न कार्यकर्ताहरूलार्इ थप निर्देशन समेत दिएका छन् ।

पार्टीका स्थायी समिति सदस्य तथा जन परिषद प्रमुख सन्तोष बुढामगरले गएको स्थानीय तहको चुनावमा केही गल्ती भएको र अब थबाङले फेरि शुन्य मतदान गरेर ब्याजकाे स्याजसहित फिर्ता गर्न निर्देशन दिए । बुढाले प्रत्येक कार्यकर्तालार्इ जनताको घर घर जान निर्देशन समेत दिए । कार्यक्रममा राप्ती ब्युरो ईन्चार्ज सुवासलगायतले प्रशिक्षनण दिएका थिए।

कार्यक्रममा नमुना विभाग प्रमुख नन्दबहादुर बुढा बिजय, महाकाली ब्युरो इन्चार्ज असिना, उत्पादन तथा सहकारी विभागका ईन्चार्ज छिरिङ , थबाङ गाउका कम्युनिस्ट गुरु तथा पुर्व सांसद बर्मण बुढामगर र अखिल क्रान्तिकारीका केस दिनेस विक्रम चन्दको अतिथ्यता रहेको थियो

थबाङ गाउपालिका थबाङमा राजनैतिक विचारधारात्मक प्रशिक्षण कार्यक्रम जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासको अध्यक्षतामा भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार