माअाेवादी केन्द्रका तर्फबाट जनप्रतिनिधि रहेका चित्रबहादुर तामाङले राज्यबाट नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खालमा बसिरहेकाे बेला  प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

सिन्धुपाल्चाेक बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष रहेका तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेकाे छ । विशेष सुराकीका आधारमा प्रहरीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हाे ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम ढाँटेर विजय तामाङ बताइका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बृद्ध र बिधवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ बरामद भएको छ । माओवादी केन्द्रका जिल्लास्तरीय प्रभावशाली नेता मानिने तामाङको पक्राउपछि पार्टीले पनि छानविन थालेको स्रोतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार