
नेपाल कम्युनिस्ट पार्टीले झकबहादुर मल्ल सुदीपमा वैचारिक, राजनीतिक, सांगठनिक र आर्थिक रुपले गंभीर प्रकृतिको अराजकता रहेको भन्दै कार्वाहीको घोषणा गरेको छ ।
पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डद्धारा आज विहीबार जारी विज्ञेप्तीमा केन्द्रीय सदस्य रहेका मल्लले पार्टीमा रहँदा लामो समयदेखि ठूलो मात्रामा आर्थिक अराजकता संचालन गरेको भन्दै यसअघि नै कार्वाही गरिसकेको स्पष्ट पारिएको छ ।
निज मल्लले आर्थिक संकलनका लागि मान्छे अपहरण गर्नेदेखि थुप्रै अपराधिक गतिविधि संचालन गरेकोले कार्वाही गरिसकेको पार्टी प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञेप्तीमा उल्लेख छ ।
विहीबार मात्र मल्ले सामाजिक संजाल फेसबुकबाट पार्टी परित्याग गरेको घोषणा गर्नु आफैमा हास्यास्पद र नाटक मात्र भएको प्रवक्ता प्रकाण्डले विज्ञेप्तीमा जारी गरेका छन् ।
पार्टी प्रवक्ताद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :








