प्यूठान, कार्तिक २/

नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले अागामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले अझै पेचिलो ढंगले खारेज गरेर जाने बताएका छन्।

प्यूठानमा जिल्लास्थित नेताहरुलाई प्रशिक्षण दिदै उनले अागामी चुनावलाई शसक्त खारेज गर्न  डटेर लाग्न निर्देशन दिएका छन्। विप्लवको अाफ्नै भाषामा “कथित संसदिय व्यवस्थाको निर्वाचनले जनताका समस्याहरु हल गर्न त सक्दैन नै राष्ट्रियता पनि धरापमा परेको छ। अमेरिका र भारतले जनतामाथिको पुँजीवादी दमन व्यापक गर्न संसदवादीमामार्फत लगानी गरेका छन्। अमेरिका र भारतको पैसा बाँडेर चुनाव जित्ने र मुलुकलाई गुलाम बनाउने होडमा संसदवादीहरु छन्।”

नेपाल कम्यूनिष्ट पार्टीप्रति अहिले जनताको विश्वास वढदै गएको भन्दै उनले अहिले एकीकृत जनक्रान्तिप्रति अन्तराष्ट्रिय समुदाय पनि अाकर्षित रहेको बताए। माअोवादी नेतृत्वले क्रान्तिवाट दिएको धोकाका कारण जनतामा अाशंका रहेकाले अब काम र व्यवहारवाट क्रान्तिकारिता र ईमानदारितम पुष्टि गर्न जरुरी रहेको बताए।

एमाले-माअोवादी केन्द्रको एकतातर्फ इंगित गर्दै विप्लवले संसदवादी-अवसरवादीहरुको एकता प्रतिक्रान्तिलाई अगाडि बढाउने दििमा केन्द्रीत भएको र उल्टो एकता हो भने। राजनीतिक लाईनको हिसावले एमाले-माअोवादी एकठाउँमा गाभिनु अश्वभाविक हैन भन्दै विप्लवले अब क्रान्तिकारीहरु गोलवन्द र ध्रुवीकरण पनि व्यापक बनाउने वताए। मसाल र क्रान्तिकारी माअोवादीसग पनि कार्यगत र पार्टी एकतावारे छलफल भैरहेको र थवाङ महाधिवेसनले पारित गरेको लाईन स्वीकार्न तयार भएमा पार्टी एकता हुने वताए।

“मोहन विक्रम सिँह र मोहन वैध्य किरणाजीसँग केही छलफल भएको छ र कार्यगत एकता गरेर जान सक्ने देखिन्छ” विप्लवले भने “किरणजीमा अलि बढी संकिर्णता छ। हामीसंग भेटेर एकता गर्नुपर्यो भन्नुहुन्छ बाहिर निस्केर अर्कै लेख लेख्नुहुन्छ। एकीकृत जनक्राति र थवाङ महाधिवेसनको लाईन स्वीकार्ने क्रान्तिकारी पार्टीहरुसँग एकतावारे छलफल गर्न सकिन्छ।”

कार्यक्रमअगाडि प्यूठानी नेता कार्यकर्ताले विप्लवलाई अविर मालाले स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार