वाम गठबन्धनका विरुद्ध देशैभरि एमाले र माओवादी केन्द्रबाट बागी उम्मेदबार उठेपछि गठबन्धनलाई पहिलो गाँसमै ढुंगा पर्न गएको छ ।
आफ्नै पार्टीको आधिकारिक नीति र निर्णयका विरुद्ध एमाले र माओवादी केन्द्रका नेता र कार्यकर्ताहरुले बागी उम्मेदबार खडा गरेका छन् ।
यसै क्रममा रामेछाप र जाजरकोटमा बागी उम्मेदवारी झेलेको बाम गठबन्धनले मुगुमा पनि त्यस्तै समस्या झेल्नु परेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ एमालेले मात्र उम्मेदवार पाएपछि माओवादी केन्द्रको तर्फबाट बागी उम्मेदवारी परेको हो। वाम तालमेल अस्वीकार गर्दै प्रतिनिधि सभामा सुरबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन्।
वाम गठबन्धनको तर्फबाट भने प्रदेश सभामा एमालेका गोपाल बम उम्मेदवार छन्। दुवै प्रदेशमा पनि माओवादी केन्द्रबाट बागी उम्मेदवारी परेको छ।
एमालेका दानबहादुर परियार उम्मेदवार रहेको मुगु (क) सन्तोषकुमार मल्ल र मुग (ख) मा चन्द्रबहादुर शाही विरुद्ध मंगलबहादुर शाहीको उम्मेदवारी परेको हो।
वाम तालमेलको नाममा एमालेसँग आत्मसमर्पण गरिएको भन्दै आफूहरुले उम्मेदवारी दर्ता गराएको बताएका छन्।







