जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियासामु ‘दृढ रुपमा’ प्रस्तुत हुने भनार्इ दाेहर्याएका छन्।

मतदानपछिको मत सर्वेक्षणहरु (एक्जिट पोल) ले निर्धारित समयअगावै गराइएको आमचुनावमा आबेले स्पष्ट जित हासिल गरेको देखाएपछि उनको पछिल्लो भनाई सार्वजनिक भएको हो।

मुलुकले कैयौँ ‘संकट’को सामना गरिरहेको बेला थप जनादेश लिनका लागि आफूले निर्धारित समयअगावै आमचुनाव गराएको प्रधानमन्त्रीले बताएका छन्। तीमध्ये उत्तर कोरियाबाट बढ्दो खतरा एक हो।

आफ्नो लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले ३१२ सीट ल्याएको एक्जिट पोलले देखाएपछि आबेले भने, “मैले चुनावकै बेला वाचा गरेको थिएँ कि अब मैले गर्नुपर्ने काम भनेको उत्तर कोरियासामु दृढ रुपमा प्रस्तुत हुनु हो, त्यसका लागि सशक्त कूटनीति आवश्यक हुन्छ। ”

उत्तर कोरियाले हालसालै जापानको हकाइदो टापुको आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार