नेपाल कम्युनिस्ट पार्टीले कार्तिक ८ गते हुने अक्टाेबर क्रान्तिकाे शतवार्षिकीत्सवकाे तयारी सम्पूर्ण रूपले तयारी भएकाे बताएकाे छ ।

राजधानीकाे खुलामंचमा नेकपाले हजाराैं जनताकाे उपस्थितिमा शतवार्षिकी मनाउँदैछ । जहाँ महासचिव नेत्र विक्रम चन्द विप्लवले संवाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले ८ गते खुला मञ्च, काठमाडौंमा हुने ‘अक्टोवर क्रान्ति सतवार्षिकी समारोह’ को तयारी पुरा भएको बताएका छन् ।

सो सभाको पूर्वसन्ध्यामा बबरमहल, लैनचौर र कालीमाटीबाट जुलुश निस्कने आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार