अाज हुने नपाल कम्युनिस्ट पार्टीकाे अक्टाेबर क्रान्ति शतवार्षिकी समाराेहलार्इ भव्य रूपले सम्पन्न गर्न पार्टीले सम्पूर्ण तयारी गरेकाे बताएकाे छ ।

कम्युनिस्ट पार्टीकाे हिजाे राजधानीमा बसेकाे पोलिटव्यूरो बैठकले  अाज हुने अक्टोबर क्रान्ति शतवार्षिकी समारोहको अन्तिम तयारी पुरा गरेको सो पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिएका छन् ।

नेकपाले दिएकाे जानकारीअनुसार राजधानीका विभिन्न ६ स्थानबाट १२ बजे जुलुश निस्केर १ बजे सुन्धारा आइपुग्नेछन् । अनि जुलुश २ बजे टुंडिखेलमा पुगेर जनसभामा परिणत हुनेछ । सभालाई नेकपाका महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।

ललितपुरबाट कुपण्डोलहुँदै आउने ललितपुरको जुलुशलार्इ स्थायी समिति सदस्य सन्तोष बुढामगरले नेतृत्व गर्ने भएका छन् । लैनचौरबाट निस्कने जुलृुशको नेतृत्व सल्लाहकार समितिका अध्यक्ष असारे काका, पीवीएम वीरजङ्ग, अर्का पीवीएम ओम पुनलगायतले गर्नेछन् ।

त्यसैगरी बबरमहलबाट निस्कने भक्तपुर, पूर्वी ताम्सालिङ जनकपुरबाट आउने जुलुशको नेतृत्व पाेलिटव्युराे सदस्य पदम राई, सल्लाहकार चित्रबहादुर आलेलगायतले गर्नेछन् ।  त्यसैगरी कालीमाटीबाट निस्कने जुलुशको नेतृत्व पीवीएम उमा भुजेल र गम्भीरले गर्नेछन् ।

यता भृकुटी मण्डपबाट निस्कने गणतान्त्रिक सम्पर्क मञ्चको जुलुशको नेतृत्व पीबीएम भरत बम, मकरध्वज गुरुङ्ग, रत्न मगरलगायत नेताहरु र बागबजारबाट निस्कने जुलुशको नेतृत्व नेता केन्द्रीय सदस्य जीवन्तले गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार