
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले प्रचण्ड र बाबुरामलाई टुंडिखेलमा झुण्डाउनु पर्ने बताएका छन् ।
नेकपाद्धारा आज अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा राजधानीको टुंडीखेलमा आयोजित विशाल सभालाई संवोधन गर्दै नेता सुदर्शनले प्रचण्ड बाबुरामले दश वर्षे जनयुद्धका एजेण्डालाई उही पूरानो सिंहदरबारमा लगेर विसर्जन गरेको भन्दै उनीहरुलाई झुण्डाउनु पर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा १००औं अक्टोबर क्रान्ति दिवस काठमाडौं स्थित खुला मञ्चमा जारीे छ । पार्टी महासचिव विप्लवको अध्यक्षतामा जारी कार्यक्रममा अहिले पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’पछि स्थायी समिति सदस्य धर्मेन्द्र बास्ताेलाले सम्बोधन गरिरहेका छन् ।








