नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले देउवाले आफ्नो पार्टीलाई दमनबाट सिध्याउन दुश्साहस गरे उनको टाउको जनताले गिडेर टुंडीखेलमा ल्याउने चेतावनी दिएका छन् ।

आफ्नो पार्टी नेकपाद्धारा आज राजधानीमा आयोजित अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा नेकपा प्रवक्ता प्रकाण्डले देउवालाई आफ्नो पार्टीलाई दमनद्धारा पराजित गर्ने दुश्प्रयास नगर्न आग्रह गरे ।

‘हिजो जनयुद्धमा जाँदा हामीलाई तीन महिनाभित्र सिध्याउछौं भनेर तपाई देउवाजी हो, तर हामीलाई सिध्याउन सक्नु भएन ।’ प्रकाण्डले भने- ‘तपाई नै हाम्रो टाउकोको मूल्य तोक्ने तर सक्नु भएन । अहिले फेरि तपाई हामीलाई त्यही बाटोतिर धकेल्ने दुश्प्रयास गरेका छौं तर सफल हुनेछैनौं ।’

अब आाफनो पार्टीले स्थानीय पूरानो सत्तालाई गाउँ गाउँबाट खाली गर्ने प्रवक्ता प्रकाण्डले चेतावनी दिए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार