परराष्ट्रमामिला विज्ञ हिरण्यलाल श्रेष्ठले राष्ट्रियता, जनतन्त्र र रक्षाको लागि सञ्चार माध्यमले निरन्तर संघर्ष गरिरहँनु पर्ने बताएका छन् ।

रातोखबर प्रकाशन गृहको आयोजनमा काठमाडौं राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठी कार्यक्रममा  बाेल्दै उनले साम्राज्यवाद र विस्तारवादी अतिक्रमणको विरुद्ध जनपक्षीय सञ्चार माध्यम सधैं चनाखो रहनु पर्ने  बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले टिप्पणी गरेका छन् । आचार्यले बिग मिडियाहरुले व्यापारीहरुले सञ्चालन गरेका कारण सर्वसाधारण जनताको आवाजको प्रतिनिधित्व हुन नसकेको बताए ।

यसअघि प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्की टिप्पणी गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार