राेल्पा सदरमुकाम लिवाङ ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिदै गर्दा रोल्पामा राजनीतिक दलका केही नेता कार्यकर्तालाई चुनावको रन्को लागेपनि स्थानीय जनतालाई भने खासै चासो नरहेको देखिएको छ ।

रोल्पा कोटगाउँका भीमबहादुर खड्का -७४ लाई पनि चुनावको कुनै रौनकता नरहेको बताउछन् ।

‘खै चुनावले के दिन्छर ! नेताहरुलाई लागेको होला तर हामलाई केही चासो छैन ।’ खड्का भन्छन्- ‘कांग्रेस, माओवादीले रोल्पामा धेरै भाषणमा गछौं त भनेर केही गरेनन्, त्यसकारण पनि हामलाई चुनावबारे खासै चासो छैन ।’

काेटगाउँका भीमबहादुर खड्का ।

७४ वर्षीय बृद्ध खड्का माओवादी केन्द्र र काग्रेसको अतिबाट आफुहरु आजित भएको बताए । ती दुबै पार्टी चुनावबाट कुर्सीमा पुगेपनि केही पनि नगरेको आक्रोश व्यक्त गरे ।

यता सुकीदह गाउँपालिका लालबहादुर खड्का जो स्थानीय शिक्षक हुन्, उनले पनि यो चुनावबाट देशले ठूलो परिवर्तन केही पनि नपाउने बताए ।

‘संविधान कार्यान्वयन गर्न चुनावले केही टेवा त र्पुयाउला तर जनताको जीवनमा कुनै परिवर्तन हुनेछैन ।’ लालबहादुर भन्छन्- ‘देशले यत्रो चुनाव गरेर पाउने केही पनि छैन । किनकि उनीहरु नेताहरु चुनावमा गरेको खर्च उठाउन लाग्नेछन् र जनताले केही पनि पाउने छैनन् ।’

सुकीदह बस्ने शिक्षक खड्का ।

त्यसैगरी सुनछहारी गाउपालिका ८, तर लिवानमा बसेर सानो पसल थापेर गुजारी गरिरहेकी मीनसरी पुन भन्छिन्- ‘चुनावमा धेरै नेताहरुले आश्वासन दिएपनि गरेको केही पनि होइन । अहिले हुन लागिरहेको चुनावबाट हाम्लाई त केही आशा पनि छैन ।’

संसदीय व्यवस्थाका विरुद्ध दश वर्षे जनयुद्ध लडेर आएको पार्टी माओवादी केन्द्र यही व्यवस्थाको ठेकेदारजस्तो बनेर प्रस्तुत भएकोमा जिल्लाका धेरै बुद्धिजीवि र पत्रकारहरुले अनौठो मानेका छन् ।

नाम नछाप्ने शर्तमा जिल्लाका एक वरिष्ठ पत्रकारले प्रचण्डलार्इ भने- जनयुद्धमा त्यत्रो दशौं हजार मान्छे मरेर यही संसदीय व्यवस्थामा आउनु थियो भने किन जनयुद्ध लडेको ?’

उनको कडा प्रश्न थियो- ‘यसको चित्तबुझ्दो जबाफ प्रचण्डले दिनुपर्छ कि पर्दैन ?’

सुनछहरी गाउँपालिका ५ की मीनसरी घर्ती

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार