
लामाे समयदेखि प्रहरीकाे निगरानीमा रहेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अाज अन्तत: पक्राउ गरेको छ ।
ढुंगेललार्इ ओखलढुंगाका उज्जैन श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएकाे थियाे । ढुंगेललाई नेपाल प्रहरीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको छ ।
लामाे समय सरकारमा रहेर पनि माअाेवादी केन्द्रले जनयुद्धकालीन मुद्धाहरूलार्इ सही ढंगले व्यवस्थित गर्न नसकेकाेमा क्रान्तिकारी नेता र कार्यकर्तालार्इ ठूलाे संकट अाउने माअाेवादीभित्रका इमान्दार नेता कार्यकर्ताले बताउन थालेका छन् ।
जनयुद्धकालकाे मुद्धा व्युँताएर सरकारले गरेकाे यस्ताे हर्कतले समाजमा पुन: अर्काे द्धन्द्ध चर्किने राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन् ।







