नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन मुद्धा व्यँताएर माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले गरेको गिरफ्तारीको कडा रुपमा भत्र्सना गरेको छ ।

नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा आज जारी प्रेस विज्ञेप्तीमा ढुंगेललाई गरेको गिरफ्तारीले आफ्नो पार्टीलाई स्तव्ध बनाएको बताएका छन् ।

महासचिव विप्लवले ढंगेललाई बिनासर्त रिहा गर्न सरकारलाई आग्रह गर्दै नगरे सरकार चलाइरहेका दलालहरुले चर्को मूल्य चुकाउनु पर्ने बताएका छन् ।

जनयुद्धका मुख्य योजनाकारहरुलाई सरकारमा सहभागी गराएर मोजमस्तीमा साझेदारी गर्ने तर कार्यकर्तालाई त्यसको मुख्य दोषी बनाएर जेल कोच्ने कार्य अराजनीतिक, अनैतिक र घृणास्पद भएको महासचिव विप्लवको विज्ञेप्तीमा उल्लेख छ ।

महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार