
नेपाल कम्युनिस्ट पार्टीले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ पश्चात सरकारले गरेको जेलचलानका विरुद्ध बिहीबार विरोध प्रदर्शन गर्ने भएको छ ।
नेकपासमर्थित जनगवर्गीय संगठनहरुको आयोजनामा बिहीबार राजधानीको शान्तिबाटिकाबाट र्याली शुरु भई शान्तिबाटिकामा जम्मा भई कोणसभामा परिणत हुने भएको छ ।
जनयुद्धकालीन मुद्धा उल्टाएर सरकारले एकतर्फी रुपमा गरेको हर्कतका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले यस्तो विरोध प्रदर्शन गर्न लागेको हो ।
यसअघि नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा विज्ञेप्ती जारी गरेर ढुंगेल पक्राउको विरोध गरेका छन् ।







