संगठनलार्इ झनै सशक्त र लडाकु बनाउने निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रीय समितिको ८ औं पूर्ण बैठक सम्पन्न भएको छ ।

महासचिव विप्लवको प्रमुख आतिथ्यता र संगठनका महासचिव बाबुराम राई ‘विवश’ को अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको उक्त बैठकले तत्कालीन केन्द्रीय समिति भङ्ग गरी संगठनका महासचिव विवशको संयोजकत्वमा तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेकाे छ ।

साथै संगठनले आगामी पुस २४ र २५ गते बुटवलमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र पुस १५ गतेसम्म सबै जिल्लाका जिल्ला भेला/सम्मेलन सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

प्रमुख अतिथि विप्लवले बैठकमा उपस्थित युवाहरूलाई प्रशिक्षित गर्दै पार्टीले दिएको जिम्मेवारी तदारुकताका साथ पूरा गर्न निर्देशन दिए । बैठकका अध्यक्ष विवशले मुलुकको भविष्य निर्माण गर्न युवाहरूको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरूलाई विदेश पलायन हुनबाट रोक्दै मुलुकको भविष्य निर्माण गर्नतिर प्रेरित गर्नुपर्ने बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार