मोहन बैद्य नेतृत्वको क्रान्तिकारी–माओवादी मकवानपुरका सयौं नेता र कार्यकर्ता नेकपामा ध्रुवीकृत भएका छन् ।

बुधबार हेटौंडामा भएको एक कार्यक्रममा सो पार्टीको भातृसंगठन (मजदुर संगठन) को पुरै जिल्ला समिति विज्ञप्ति जारी गरी नेकपामा ध्रुवीकृत भएका हुन् । ध्रुवीकृत हुनेहरुमा मजदुर संगठन अध्यक्ष शिवप्रसाद पौडेल, जिल्ला नेता रामशरण कार्की, उपाध्यक्ष राजकुमार कुवँर, मुस्लिम मोर्चाका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य शेख जाहिर रहेका छन् ।

त्यसैगरी मजदुर संगठनकै जिल्ला कोषाध्यक्ष कृष्णबहादुर कार्की, सह–सचिव जनक केसी, भरत देवकोटा, हरिप्रसाद पाण्डे, देवबहादुर श्रेष्ठ, दीपक अर्याल, रुद्रराज नेपाल, बद्रीराम श्रेष्ठ, होम कोइराला, प्रकाश कुमार गच्छदार, मनोज सुन्दास, ज्ञानबहादुर श्रेष्ठलगायत छन् ।

पार्टी ध्रुवीकृत कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय नेता मिलन, अध्यक्षता जिल्ला इन्चार्ज ज्वालाले गरेका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सेक्रेटरी वाटरले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार