
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा मन्त्रिपरिषद बैठकबाट डीभी चिठ्ठाकाे कार्यक्रम रद्ध गर्ने प्रस्ताव राखेसँगै नेपाललगायत तेस्राे मुलुकमा रहेका युवाहरूकाे भविष्य भने धरापमा पर्ने भएकाे छ ।
बुधबार न्यूयोर्कमा भएको आक्रमणमा सलंग्नहरू डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको पुष्टि भएपछि ट्रम्प डीभी चिठ्टा तत्काल खारेज गर्ने निष्कर्षमा पुगेका हुन् ।
डिभी चिठ्ठामार्फत आतंकवादीहरु अमेरिकी प्रवेश गर्ने माध्यम बनेकाले यसलाई खारेज गर्नुपर्ने ट्रम्पको जोड छ । डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिन्छ ।
‘मैले आजबाट डाइभर्सिटी भिसा (डीभी)को कार्यक्रम रद्ध गर्ने प्रक्रिया शुरु गरेको छु ।’ ह्वाइटहाउस बैठकमा ट्रम्पले भनेका छन्- ‘डाइभर्सिटी भिसा सुन्दा मिठो लाग्छ, तर यो राम्रो होइन, त्यसैले हामी यसको विपक्षमा छौं ।’
उनले डीभी खारेज गर्ने प्रक्रियाका लागि अमेरिकी संसदमा प्रस्ताव लैजाने पनि बताए ।







