नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन मुद्धा उल्टाएर बालकृष्ण ढुंगेललाई जेल चलान गरेको विरुद्ध आज राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

शान्तिबाटिकामा नेकपाका सयौं नेता कार्यकर्ता बालकृष्ण ढुंगेललाई रिहा गर भन्दै नारा जुलुश गर्दै कोणसभामा जम्मा भएका थिए ।

कोणसभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बन्धु चन्दले गणतन्त्र ल्याउन रगत र पसिना बगाउनेका विरुद्ध यही गणतन्त्रको सरकारले ढुंगेललाई पक्राउ गरेर जेल हाल्नु अक्षम्य अपराध भएको बताएकी थिइन ।

जेल जीवन विताउन बाध्य ढुंगेललाई आफ्नो पार्टीको सधै साथ रहने नेकपा नेतृ चन्दले प्रतिबद्धता व्यक्त गरिकी थिइन ।

‘तपाई ढुंगेलजी जेलबाट लड्नुस् हामी सडकबाट लड्छौं’ नेतृ बन्धु चन्दले कोणसभामा भनिन्- ‘यो दलाल सत्तालाई पल्टाएर तपाईलाई जसरी पनि मुक्त पार्नेछौं ।’

आफ्नै नेता र कार्यकर्तासमेत रहेका ढुंगेलको पक्षमा एक शव्द पनि नबोल्नु प्रचण्डको ठूलो अपराध भन्दै नेतृ चन्दले प्रचण्डलाई पनि एकदिन जनताले दण्ड दिने बताइन् ।

कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य जीवन्तलगायत सयौं नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार