
माओवादी केन्द्रका प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले पार्टीमा चुनावको टिकट पाउन कम्तीमा करोड खर्च चाहिने तर आफुसँग त्यो ल्याकत नभएपछि टिकट नपाएको खुलासा गरेका छन् ।
युवा नेता न्याैपानेले सामाजिक संजाल फेसबुकबाट यस्ता भनार्इ सार्वजनिक गरेका हुन् ।
माकेका प्रभावशाली युवा नेताका रुपमा चिनिने न्यौपानेले आफुभन्दा कयौं जुनियर नेताले टिकट पाउनु तर आफुले नपाउनु कुनैपनि नेताको चाकडी र चाप्लुसी नगर्दाको परिणाम भएको बताएका छन् ।
पार्टीमा नातावाद, कृपावाद र अराजकतावाद हावी हुँदाको परिणाम आफुजस्ता इमान्दार नेता कार्यकर्ताले टिकट नपाएको युवा नेता न्यौपानेको जिकिर छ ।
युवा नेता न्याैपानेकाे फेसबुकमा यस्ताे छ अाफ्नै भनार्इ :
#सन्चार कर्मी साथीहरू र स्वदेश एंव विदेशबाट धेरै हितैसीहरूले तेरो के भयो, किन भएन ? जस्ता जिज्ञासा धेरै नै राख्नुभयो | पहिलो, जति पनि मलाई माया गर्ने र चासो राख्ने साथीहरू हुनुहुन्छ यो नै मेरो खुशी र सम्पति हो | #दोस्रो माओवादी आन्दोलन हुन्थेन/थिएन भने यतिबेला म कि प्राविको शिक्षक कि त नेपाली सेनाको सिपाहीमा सीमित हुँन्थे |अहिले म जे छु वा जुन ठाँउमा छु यसमा खुशी छु र साँच्चै गर्व गर्दछु |
#तेस्रो समानुपातिक जे उदेश्यका लागि व्यवस्था गरिएको हो यसमा म जस्ता/जत्तिका मान्छे बसेर यो मान्यतालाई विकृत बनाउने र खाने पदका लागि जे पनि गर्न हुँदैन भन्ने मान्यता अनुसार मैले नै समानुपातिकमा बस्न अस्वीकार गरेको हो |
#चौथो विधि र पद्दति अनुसार चुनावको टिकट आएन (सायद नआउने नै विधि होला), तँ के गर्छस ? भनेर टिकट बाँड्ने निकायले एक पटक पनि सोधेन् र मलाई टिकट चाहियो, मेरो के भयो ? भनेर एक जना नेतालाई पनि भेट्न गइन | अनि कसरी टिकट पाइन्थ्यो र | #टिकट पाएको भएपनि आर्थिक (न्यूनतम 1 करोड चाहिने) कारणले मैले हात उठाउनु पर्थ्यो | सायद यो कारणले पनि पार्टीले सम्भब देखेन | #अन्तिम कुरा, म जस्ता सबै कार्यकर्ताले चुनाव लड्ने सिट संख्या छैन/थिएन र चुनाव न सबै थोक हो न त यो चुनाव नै अन्तिम हो | #वाम गठबन्धनका उमेद्वारलाई जिताउन कम्मर कसेर लाग्ने अबको जिम्मेवारी ।








