चितवन माओवादी केन्द्रले प्रचण्डको सुरक्षाका लागि भनेर सुरक्षा दस्ता तयार गर्न थालेको छ। चितवन ३ अन्तर्गत पर्ने माडीमा प्रचण्डको सुरक्षाका लागि यस्तो दस्ता तयारी गरिएको माअाेवादी  केन्द्रले बताएकाे छ ।

चितवन-३ मा उम्मेदवारी दर्तापछिको सभामा प्रचण्डले चुनाव भाँड्न कोतपर्व भण्डारखाल पर्वजस्ता काण्ड मच्चाउने सम्भावना रहेको बताएका थिए। ‘अहिले कांग्रेसले हार्छ कि भन्ने हिसाव गर्न थालिएको छ, अहिले नै धेरै कुरा भन्दिन, समय आएपछि भनुँला’ उनले भनेका थिए, ‘तर कोतपर्व, भण्डारखाल पर्व जस्ता काण्ड मच्चाएर चुनाव हुन नदिने सम्भावना छ।’

यस्तो सम्भावना मध्यनजर गर्दै सबै वामपन्थी र प्रगतिशील शक्तिहरु सतर्क रहनु जरुरी रहेको बताउँदै प्रचण्डले भनेका थिए, ‘जनमतमा जित्ने नदेखेपछि प्रतिक्रियावादी शक्तिले सोच्ने जालझेल र नरसंहार नै हो।’

प्रचण्डको यस्तो अभिव्यक्ति आएलगत्तै प्रचण्डको सुरक्षाका लागि माओवादीले सुरक्षा दस्ता तयार पारेको हो। उनको सुरक्षाका लागि युवा दस्ताको सोमबार माडीमा मार्चमाच गरेको थियो। माडी जंगल नजिकैको मार्चपासमा झण्डै दुई दर्जन युवाहरु सहभागी थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार