नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी भाेजपुरले नेपाली कांग्रेसका उम्मेदवारको घर कब्जा गरेको छ ।

पार्टी जिल्ला सेक्रेटरी मादेनले एक विज्ञेप्ती जारी गर्दै आसन्न प्रदेश सभा निर्वाचनका भोजपुर क्षेत्र ‘ख’बाट लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार गोविन्द कार्कीको घरमा शुक्रबार साँझ पाँच बजेतिर  कब्जा गरेको घोषणा गरेका छन् ।

पार्टीले कार्कीलाई चुनावबाट उम्मेदवारी फिर्ता गर्न भनिए पनि अनुरोधलाई अस्वीकार गरेको भन्दै भोजपुर नगरपालिका १२, टक्सारस्थित कार्कीको घर कब्जा गरेको जनाएको छ ।

नेकपाले कार्कीलाई बारम्बार उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेको तर उनले वास्ता गरेकोले कब्जा गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

जिल्ला सेक्रेटरी मादेनद्धारा जारी विज्ञेप्ती :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार