
नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरकाे घरमा कालोझण्डा गाडेको छ ।
वर्तमान सरकारका विना विभागीय मन्त्री समेत रहेका प्रभाकरको घरमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले शुक्रबार मध्यराती कालाे झण्डा गाडेका हुन् ।
प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ ।
पूर्वमन्त्री हुँदा नेता प्रभाकरले नेता-कार्यकर्तामाथि दमन गरेको अारोप नेकपा रुकुमले लगाएको छ ।







