नेपाल कम्युनिस्ट पार्टी गोरखाले  नयाँ शक्ति पार्टीका संयाेजक डा.बाबुराम भट्टराईको घरमा कालो झण्डा गाडेको छ ।

चुनाव बहिष्कारअन्तर्गत शुक्रबार राती गोरखा पालुङ्टार नगरपालिकाको खोप्लाङ्स्थित भट्टराईको घरमा नेकपाका कार्यकर्ताहरूले कालो झण्डा गाडेका हुन् ।

नयाँशक्ति पार्टी नेपालका संयोजक भट्टराई काँग्रेस–नयाँशक्ति गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपाले दलाल संसदीय व्यवस्थाका खराब प्रतिनिधिहरुलाई कुनै पनि हालतमा नछोडने बताएको छ ।

नेकपाद्धारा देशव्यापी रुपमा संञ्चालन भइरहेको चुनाव खारेजी अभियानभित्र गोरखामा पनि नेकपाले खारेज अभियानलार्इ सशक्त बनाएर लगेकाे नेकपा गोरखाले बताएकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार