नेपाल कम्युनिस्ट पार्टीले सर्लाहीमा  नेपाल आयल निगमद्धारा खरिद गरिएकाे जग्गालार्इ कब्जा गरेको छ ।

नेकपाकाे अाफ्नै सत्ता अन्तर्गत मिथिला स्वयत्त जन परिषद सर्लाहीले  सर्लाहीकाे लालबन्दी–१ नवलपुरमा रहेको निगमको १५ बिगा १० कठ्ठा १२ घोस जग्गा आज (शनिबार) दिउसो १ बजे साढे २३ करोड भ्रष्ट्राचार गरेको हाे ।

जग्गा कब्जापछि नेकपाले अाफ्नाे जन परिषदले तयार पारेकाे व्यानर र झण्डा गाडेकाे थियाे ।

कम्युनिस्ट पार्टीकाे जनपरिषदले ‘नेपाल आयल निगमद्वारा खरिद गरिएको जमिनमा भएको कमिसनखोरको भण्डाफोर गरौं !, विचौलिया प्रयोग गरेर भ्रष्टाचार गरेको साढे २३ करोड राज्यको ढुकुटीमा दाखेल गर वा किसानलाई फिर्ता गर’ भन्ने नारा सहितकाे ब्यानर झुण्डाएकाे छ ।

नेपाल अायल निगमले सस्ताे जग्गालार्इ भाडामा किन्दा मंहगाे बनाएर कराेडाैं रकम भ्रष्टाचार गरेकाे भन्दै नेकपाले भ्रष्टचारीहरूलार्इ कार्वाहीकाे घाेषणा समेत गरेकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार