नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएमा छन्।

प्रचण्डले  जनयुद्धका क्रममा  चितवनमा ३८ जनाको ज्यान जाने गरी भएकाे बाँदरमुढे  दोषीमाथि कारबाही हुने आश्वासन समेत दिएका छन् ।प्रचण्ड घटनास्थल नपुगेको बताइएकाे छ ।  वाम गठबन्धनको चुनावी सभामा भाग लिन माडी गएका प्रचण्डले माडी घटनाबारे आफूले त्यतिखेर नै माफी मागेको बताए।

उनले भनेका छन्, “बाँदुरमुढे घटनाबारे मैले सुनेपछि पार्टीको सशस्त्र संघर्षको सबैभन्दा ठूलो गल्ती भयो भनेर भोलिपल्टै वक्तव्य निकालेको थिए”। प्रचण्डले यसअघि पटकपटक माडी जाने बताउँदै आएपनि उनी त्यहाँ पुगेका थिएनन्।

माडी समेत रहेको चुनावी क्षेत्रमा प्रचण्डको उम्मेदवारीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले माडी घटनाका दोषीहरुलाई पार्टीले कारबाही गरिसकेको र उक्त घटनाको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोगबाट पनि भइरहेको बताए।

उनले भने, “कुनै पनि घटनाको प्रमुख दोषी ठहर भएमा र त्यो गम्भीर प्रकृतिको अपराध ठहर भएमा उनीहरुमाथि कारबाही हुन्छ”।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार