नेपाल कम्युनिस्ट पार्टी निकट राष्टिय युवा जनस्वयंवेकका राता मान्छेहरुले रुपन्देहीमा मार्चपासहित सम्मेलन सम्पन्न गरेका छन् ।शनिबार बुटवलमा सम्पन्न सम्मेलनले महेन्द्र टण्डनको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

सम्मेलनका प्रमुख अतिथि बुढा मगरले सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न राजनीतिक मुद्दा भएको भन्दै भ्रष्टाचारी, दलाल संसदीय पुँजीवादी व्यवस्था क्रान्तिको दुश्मन भएको र आगामी प्रदेश र प्रतिनिधि चुनाव विरुद्धको खारेजी अभियानमा जनतामाथि दमन गरे त्यसको सशक्त प्रतिरोध गरिने बताए।

नेता बुढा मगरले देशको रक्षाका लागि सम्पूर्ण युवाहरु एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन अपीलसमेत गरे ।

नेकपाका पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज वीरजंगले संसदीय व्यवस्थाले युवाहरुलाई आधुनिक दास बनाएको भन्दै युवाशक्तिलाई क्रान्तिमा बदल्नुपर्ने बताए। आजको युगमा युवाहरु संसदीय व्यवस्थाको दास भएर अपमानित जीन्दगी जिउँनु भन्दा क्रान्तिको पक्षमा लागेर देशका लागि योगदान गर्नुुपर्ने  बताए ।

नेता बीरजंगले प्रचण्ड–बाबुरामले डुबाएको क्रान्तिको झण्डालाई आफ्नो पार्टीले फेरि उठाएको भन्दै सहिदहरुको सपनालाई धोका दिने प्रचण्ड–वावुरामलाई जनसत्ताले कारबाही गर्ने चेतावनी दिए।

सम्मेलनको पूर्वसन्ध्यामा राजमार्ग चौबाटोबाट सुरु भएको राता पोशाकसहितका युुवाहरुको विशाल जुलुस ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

 

राता मान्छेहरू ।

राता मान्छेहरू ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार