
दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुरबाट पराजित भएका नारायणकाजी श्रेष्ठ बाबुराम भट्टराई हराउनु पर्ने दबाबमा छन् यसपटक । त्यसैले उनी परिणाम पक्षमा पार्न गारेखा २ का जनताका घरदैलो चहारिहेका छन् ।
उता काजी चुनावलाई प्रतिष्ठाको विषय बनाएर मैदानमा भिड्ने, यता पार्टीका नेताहरु सहयोग गर्नुको साटो बाबुराम संसद्मा चाहिन्छ भनेर अन्तर्वार्ता दिदै माहोल बिगार्ने । आफ्नै भनेकाहरुले खुलेआम अन्तरवार्ता दिदै विपक्षी नेतालाई नै समर्थन गरेपछि काजी तनावमा छन् । अाजकाे साँघुले लेखेकाे छ ।
रोल्पाबाट चुनावमा प्रतिस्प्रधा गरिरहेका वर्षमान पुन अनन्तले एक अनलाइनमा दिएको अन्तरवार्ता नयाँ शक्तिका नेता कार्यकर्ताले सेयर गरेर छरप्रष्ट पारेपछि काजी तनावमा परेका हुन् । भाइरल बनेको उक्त अन्तर्वार्तामा अनन्तले बाबुरामप्रति निकै नै सहानुभूति देखाएका छन् । उनले अन्तर्वार्तामा बाबुराम संसद्मा चाहिने व्यक्ति भएको भन्दै जिताउनु पर्ने आसयको विचार राखेका छन् ।
स्रोतका अनुसार अनन्तको यस्तो अन्तर्वार्ताबाट निकै आक्रोशित बनेका काजीले उनीमाथि कार्वाही गनुपर्ने माग गोरखाबाटै पार्टी नेताहरुसमक्ष राखेका थिए । काजीको गुनासोपछि नेताहरुले अनन्तको उक्त अन्तर्वार्तामा चासो समेत देखाएका हुन् ।
तर बुझ्दै जाँदा उक्त अन्तर्वार्ता बाबुराम वाम गठबन्धनमा रहँदाकै समयमा दिएको खुलेको छ ।







