माओवादी केन्द्रका पूर्व नेता लोकेन्द्र विष्टमगरले बालकृष्ण ढुंगेल  हाेइन  प्रचण्ड नै जेल जानु पर्ने बताएका छन् ।

ढुंगेललाई मिलेर फसाइएको भन्दै विष्टमगरले बरु प्रचण्डलाई नै प्रहरीले पक्राउ गरेको भन्दै न्यायोचित हुने बताए ।

एक अनलाइनसँगको अन्तर्वार्तामा विष्टमगरले ढुंगेलको पक्राउ प्रकरण प्रचण्डका लागि भविष्यमा ठूलो भारी हुने प्रतिक्रिया दिएका छन् ।

माओवादी केन्द्र भ्रष्ट र तस्करहरुको पार्टी बनेको भन्दै बिष्टले केही महिनाअघि मात्र पार्टी परित्याग गरेका थिए ।

माओवादी आन्दोलनमा कृष्णबहादुर महराभन्दा पनि निकै पूराना नेताका रुपमा उनलाई लिने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार