अक्टोबर क्रान्ति शताब्दी दिवसको उपलक्ष्यमा कात्तिक २१ गते काठमाडौंमा पदयात्रा हुने भएको छ ।

अक्टोबर क्रान्ति शतवार्षिकी समिति, नेपालको आयोजनामा सो पदयात्राको आयोजना गरिएको हो । सो पदयात्रा भृकुटीमण्डपबाट १२ बजे सुरु भई झन्डा, बयानर, प्लेकार्डसहित रत्नपार्क परिक्रमा गरी पदयात्रीहरू शान्तिबाटिका पुग्नेछन् ।

सो कार्यक्रमलाई पूराना कम्युनिस्ट नेता सोनाम साथीले सम्बोधन गर्नेछन् । त्यसैगरी कार्यक्रममा जनवादी कलाकार रायनलगायतले क्रान्तिकारी गीत गाउने छन् ।

कार्यक्रमलार्इ भव्य रूपमा सफल बनाउन अाअाफ्नाे तहबाट सहयाेग गरिदिन आयोजक समितिका सदस्य यादव देवकोटाले सबैमा अाग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार