चुनावी सभाको क्रममा प्रचण्डसहित चितवन चनौली पुगेका माओवादी केन्द्रका नेता अमिक शेरचन एक स्थानीयकाे अाक्रमणमा परेका छन् ।सोमबार चनौली निवासी पुराना कम्युनिस्ट नेता धनकाजी गुरुङले शेरचनलाई प्रचण्डकै सामुन्ने कठालो समातेर घोक्र्याएका हुन् ।

२०२६ सालमा ‘इन्टरनेशनल पब्लिकेशन प्रा.लि.’ खोल्नका लागि शेरचनले गुरुङबाट २० हजार रुपैयाँ नगद लिएको र संस्था पनि नखोल्ने, रकम पनि फिर्ता नगरेका कारण शेरचन लामाे समयकाे प्रत्यक्ष भेटमा अाक्रमणकाे निशानमा परेका हुन् ।

साे कुरा नेता बादलसम्म उजुरी पुगेको, शेरचनले भेट्नसम्म नमानेको कारण चुनावको अवसरमा चनौली आएको बेला समात्न बाध्य भएको इ–रातोखबरसँग गुरुङले बताएका छन् । सोमबमार विहान १० बजे सो घटना भएपछि गुरुङलाई चनौली प्रहरीले पक्राउ गरेको थियो ।

यस सम्बन्धमा चितवनका डीएसपी शिव शर्मा आचार्यले शेरचनमाथि आक्रमण र पक्राउको घटना नभएको बताए । गुरुङलाई पक्राउ पुर्जी नदिएको र बदनाम हुने डरले घटना गुपचुप राख्न खोजेको पीडित गुरुङले बताएका छन् ।

प्रहरी चौकीमा गुरुङलाई भेट्न स्थानीय माके नेताहरु शारदानगरका सुरेन्द्र गुरुङ र दिव्यनगरका ज्ञानप्रसाद पुगेका थिए । घटनापछि चितवन बामगठबन्धनका संयोजकसमेत रहेका शेरचन ‘मुडअफ’ भएका र सभामा बोल्नसमेत सकेका छैनन् ।

इराताेखबरबाट ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार