महान् अक्टोबर समाजवादी क्रान्तिको शत वार्षिकी मनाउने क्रममा रुसी कम्युनिष्टहरु मास्कोको लालचोकमा लेनिनको सुरक्षित शबमा फूल चढाउन जादै गरेको दृष्य हो यो ।

जहाँ रुसी अक्टोबर क्रान्तिको एक सय वर्षको अवसरमा रुसमा भव्य रुपले अक्टोबर क्रान्तिको शतावार्षिकी मनाइदैछ । रुसी कम्युनिस्ट पार्टीको आयोजनामा अक्टोबर क्रान्तिको शतवार्षिकीमा सहभागी हुन  देश विदेशबाट राजधानी मस्कोमा जम्मा भएका छन् ।

नेपालबाट पनि नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरु सो शतवार्षिकीमा सहभागी हुन रुस पुगेका छन् ।

शोषणयुक्त समाजबाट शोषणमुक्त समाजमा परिणत गरेर मदजुर किसानको राज्य खडा गर्ने त्यो अपूर्व र ऐतिहासिक क्रान्ति महान् लेनिनको नेतृत्वमा बोल्शेभिकहरुले सम्पन्न गरेका थिए ।

साे १०० वर्ष पुगेको अवसरमा साे क्रान्तिका संस्थापक नेता लेनिनलार्इ सम्मान गर्नका लागि हजाराैं रूसी कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूले एक हप्ते लामाे कार्यक्रम गरेर अक्टाेबर क्रान्तिकाे शतवार्षिकी मनाइरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार