अक्टोबर क्रान्ति शताब्दी दिवसको उपलक्ष्यमा कात्तिक २१ गते काठमाडौंमा पदयात्रा सम्पन्न भएको छ ।

सय भन्दा बढी मानिसहरु भेला भएका मान्छेहरू भृकृटी मण्डपबाट प्लेकार्ड, ब्यानर र कम्युनिस्ट पार्टीको झण्डा बोकी पदयात्रा सुरु भएकाे थियाे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूकाे ठूलाे पंक्ति सहभागी थियाे ।

प्लेकार्डमा ‘विश्व क्रान्ति जिन्दावाद, महान सोभियत समाजवादी क्रान्ति जिन्दावाद, वर्ग सङ्घर्ष जारी छ, पुँजीवाद बाइबाइ समाजवाद आजै ल्याइ’ जस्ता नाराहरु लेखिएका थिए । सो पदयात्रा प्रदर्शनी स्थलबाट बाहिर निस्की प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट, न्यूरोडगेट, महाँकालस्थान हुँदै शान्तिवाटिकामा आई टुङ्गिएकाे थियाे ।

पदयात्रालाई समापन गर्दै आयोजकको तर्फबाट बोल्दै संयोजक सोनाम साथीले भने, “जहिलेसम्म यो धरतीमा अन्याय अत्याचार, उत्पीडन, शोषण र असमानता रहन्छन्, जहिलेसम्म तेरोमेरो भन्ने रहन्छ, अक्टोबर क्रान्तिले हामीलाई बाटो देखाइरहन्छ । हाम्रो अगाडि अहिले छायाँ परेको छ, तर याद गर्नुहोस् पछाडि उज्यालो छ । त्यो उज्यालो अक्टोबर क्रान्तिको हो ।”

पदयात्रामा सहभागीहरू ।

 

पदयात्रामा सहभागीहरू ।

पदयात्रामा सहभागीहरू ।

पदयात्रामा सहभागीहरू ।

पदयात्रापछि बाेल्दै संयाेजक साेनाम साथी !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार