नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ  ।

यसै क्रममा नेकपा प्युठानले जिल्लाका विभिन्न स्थानमा चुनाव बहिष्कारका कार्यक्रमहरू अगाडि बढाएकाे छ । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्‍नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् ।

चुनाव खारेज अभियानलार्इ प्युठानमा सशक्त बनाएर लैजाने नेकपा प्युठानका इन्चार्ज चिन्तामणि पाैडेलले जानकारी दिए  ।

‘हामीले यसपटक प्युठानमा चुनाव खारेज अभियानलार्इ हामीले सशक्त बनाएर लैजानेछाैं’, इन्चार्ज चिन्तामणिले भने- ‘अघिल्लाे पटककाे स्थानीय निवार्चनभन्दा यसपटक हामी सशक्त भएर जानेछाैं ।’

त्यसैगरी नेकपाको युवा संगठनका जिल्ला अध्‍यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए ।

पुरानै व्यवस्थालाई जनतामा लाद्‍न चुनाव गरिँदैछ, यही सन्देश जनतामा पुर्‍याउन प्रचारात्मक कार्यक्रम भइरहेका छन्’ बुढाले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार